Sunday, 23rd August, 2026
वि.स.

सुत्केरीलाई तीन महिना पौष्टिक खाना खुवाइने

sutkeri_mahila_women-1626691413.jpg

दैनिक रोजगारी उपलब्ध नभएका ज्यालादारी मजदुर, सुत्केरी, बालबालिका, अपाङ्गता भएका व्यक्ति, वृद्ध एवं सुकुम्वासी परिवारका सदस्यलाई भोको पेट बस्नु नपरोस् भन्नका लागि मोरङका सामाजिक संस्थाले २२ हजार ५०० जनालाई पौष्टिक खाना खुवाउने कार्य आजदेखि सुरु गरेको छ ।

युनाइटेड नेशन वुमनको आर्थिक सहयोगमा माइती नेपाल र नारी विकास सङ्घ विराटनगरले संयुक्त रुपमा विराटनगरका १९ वडामा ९० दिनसम्म दैनिक बिहानको खाना खुवाउने कार्यक्रम रहेको छ । संस्थाले विराटनगर महानगरपालिका–१९ स्थित घिनहा सिसवनी मुसहरी बस्तीमा  २५० जना सुत्केरी, वृद्धवृद्धा र बालबालिकालाई खाना वितरण गरेको छ ।

आगामी छ दिनसम्म उक्त स्थानमा खाना वितरण गर्ने कार्यक्रम रहेको छ भने अन्य दिन विराटनगरका अन्य वडामा सुकुम्वासी, दैनिक मजदुरी गर्ने स्थानीयवासी लाई खाना खुवाउने कार्यक्रम रहेको माइती नेपालका प्रमुख बिनो पोखरेलले बताए ।

विराटनगर –१९ का वडाध्यक्ष बद्रीनारायण सरदार, नारी विकास सङ्घकी अध्यक्ष सीता शर्मा, एबिसी नेपालकी अध्यक्ष विष्णु शर्मा पन्त, माइती नेपालका प्रमुख पोखरेललगायतले गरिब सुकुम्वासी एवं रोजगारविहीन तथा सुत्केरी महिलालाई अन्य सङ्घ संस्थाले भोको पेट बस्न नदिनका लागि थप सहयोग गर्नुपर्नेमा जोड दिए ।

खाना खुवाउने कार्यक्रम सञ्चालनका लागि स्वयंसेवकसहित १० जना कर्मचारीलाई खाना बनाउनका लागि रोजगारी दिइएको छ भने यसका लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ । संस्थाले कैलालीको धनगढी र काठमाडौँमा समेत यस प्रकारको कार्यक्रम सञ्चालन गरेको जनाएको छ 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif