nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सिस्नेरीमा महिला सहकारीकाे अधिवेशन, नयाँ नेतृत्व चयन

IMG_20211127_203913-1638024907.jpg

इन्द्रसराेवर गाउँपालिकाकाे सिस्नेरीमा क्रियाशील श्रमजीवी महिला बचत तथा ऋण सहकारी संस्थाकाे २२औँ बार्षिक साधारण सभा तथा ११औँ अधिवेशन ११ मंसिरमा सम्पन्न भएको छ । 

जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठको प्रमुख आतिथ्यता र सहकारी संस्थाका अध्यक्ष उमाकुमारी लामाकाे अध्यक्षतामा साधारण सभा सम्पन्न भएकाे हाे । कार्यक्रममा असल बचत कर्ता, असल ऋणी र वृद्ध सेयर सदस्यलाई सम्मान गरिएकाे थियाे । 

अधिवेशनले ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेकाे छ । 

२०५४ सालदेखि निरन्तर सहकारी अभियानमा क्रियाशील साे सहकारी संस्था अहिले आफ्नै भवनबाट सञ्चालन भइरहेकाे छ । रु. २५०० बाट शुरु गरिएकाे सहकारीकाे अहिले रु. ४ कराेड ६९ लाख ८५ हजार ५ सय २२ रुपैँयाकाे काराेबार रहेकाे छ । 

सहकारीमा ८०३ शेयर सदस्य रहेका छन् । 
                -थाहा टाइम्सका लागि सन्ताेष बानिया/सिस्नेरी



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)