Sunday, 16th August, 2026
वि.स.

सिन्धु विकास बैंकको सिइओमा राम कुमार गिरी नियुक्त

IMG_20220110_211845-1641828865.jpg

सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामकुमार गिरी नियुक्त भएका छन् । २६ पुसदेखि लागु हुनेगरी गिरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

गिरीले कम्युनिटी विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत तथा एक्सल डेभलपमेण्ट बैंकमा नायब प्रमुख कार्यकारीकाे रुपमा काम गरी सकेका छन् । उनीसँग बैंकिङ्ग क्षेत्रमा २२ वर्षभन्दा बढी काम गरेको अनुभव छ ।

उनी विगत १ वर्षदेखि सिन्धु विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहेका थिए ।

सिन्धु विकास बैंक सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंक हाे ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०