Thursday, 27th August, 2026
वि.स.

सात निर्माण कम्पनीमाथि सडक डिभिजन कार्यालय हेटौंडाद्वारा कारबाही

5-1617357142.jpg

सडक डिभिजन कार्यालय हेटौँडाले सम्झौता बमोजिम निर्माण सम्पन्न नगर्ने तथा सम्पर्कमा नआउने सात निर्माण कम्पनीमाथि कारबाही थालेको छ ।

कार्यालयका सूचना अधिकारी लोमस उपाध्यायका अनुसार पटकपटक लिखित र मौखिकरुपमा ताकेता गर्दासमेत सम्पर्कमा नआएपछि ती सात वटा निर्माण कम्पनीसगँको ठेक्का सम्झौता समेत तोडेर आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।

आशिया कन्स्ट्रक्सन, सौरभा कन्स्ट्रक्सन, सरस्वती निर्माण सेवा, सोनु कन्स्ट्रक्सन, नन्दनी कन्स्ट्रक्सन, जिपिवी कन्स्ट्रक्सन र दामुचन्द्रमाला कन्स्ट्रक्सनविरुद्ध कारबाही प्रक्रिया अगाडि बढेको छ । ती कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको छ भने कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी उपाध्यायले जानकारी दिए । गत असोजमा ती कम्पनीसँगको सम्झौता तोडिएको हो ।

एघार वर्ष अगाडि विभिन्न सडक निर्माण र मर्मत ठेक्काको सम्झौता गरेका ती निर्माण कम्पनीलाई निर्माण सम्पन्न गर्न तोकता गरिए पनि लामो समयदेखि सम्पर्कमा नआएपछि कारवाही गरिएको कार्यालयले जनाएको छ .



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif