Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

साउन २५ गते पाँचौं जिल्ला सभा हुने

isasa-baithak-1595259928.jpg

मकवानपुर जिल्लाको पाँचौं जिल्ला सभा आगामी साउन २५ गते आयोजना हुने भएको छ । ५ साउनमा बसेको जिल्ला समन्वय समितिको ६२ औं बोर्ड बैठकले पाँचौं जिल्लासभा आगामी २५ गते आयोजना गर्ने निर्णय गरेको हो । 

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले आगामी साउन २५ गते जिल्ला सभमा आयोजना गर्ने निर्णय गरेको हो । जिल्ला सभाको तयारी तयारीको जिम्मा कार्यालयलाई दिने निर्णय समेत गरेको छ । बैठकले समीक्षा बैठक भने भदौ महिनामा आयोजना गर्ने प्रमुख खुलालले जानकारी दिए । जिससको घोषित वार्षिक कार्यक्रम अन्तर्गत नै जिल्ला सभा र समीक्षा बैठकको आयोजना गर्न लागिएको प्रमुख खुलालले बताए । जिल्ला सभाबाट जिससको नीति कार्यक्रम तथा जिससको चालु आर्थिक वर्षको बजेट  पारित गरिने साथै विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान समेत गरिने उनले बताए । 

बैठकमा जिससले स्थानीय तहहरुमा गरेको अनुगमनका बारेमा समिक्षा समेत गरेको थियो । जिससले मकवानपुरका १० वटै स्थानीय तहमा गरेको अनुगमनका क्रममा स्थानीइ तहहरुमा देखिएका सकारात्मक तथा कमी कमजोरीका बारेमा बैठकमा समिक्षा गरेको प्रमुख खुलालले बताए । बैठकमा  जिसस उपप्रमुख, सदस्यहरु तथा कर्मचारीहरुले अनुगमनका क्रममा स्थानीय तहहरुमा पाईएका सकारात्मक पक्ष तथा कमी कमजोरीका बारेमा बताएका थिए । सो क्रममा उनीहरुले मकवानपुरका स्थानीय तहहरु समग्रमा प्रभावकारी बन्दै गएको पाईएको निष्कर्ष निकालेका थिए । 

अनुगमनको समिक्षा गर्ने क्रममा जिल्ला सुमन्वय समितिले मकवानपुरका स्थानीय तहहरु समग्रमा सक्षम बन्दै गएको निष्कर्ष निकाल्दै स्थानीय तहहरुको सबल र दुर्बल पक्षका बारेमा समिक्षा गरेको थियो । बैठकमा जिल्लाका स्थानीय तहहरुमा भौतिक विकासका पुर्वाधारहरु राम्रो बन्दै गएको र जनताले स्थानीय सरकारको प्रत्याभुति गर्ने अवसर गर्न पाएको निष्कर्ष निकालेको छ । त्यस्तै स्थानीय तहहरुमा जनताले विकासको अनुभुति गर्न थालेको र जनताबाट गुनासा पनि आउन कम हुँदै गएको, सामाजिक क्षेत्रमा सुधारका लागि प्रसस्त प्रयत्नहरु गरेको, न्यायिक समितिबाट भएका न्यायिक कार्यले जनतामा सकारात्मक प्रभाव परेको, कोभिड–१९ महामारीको समयमा स्थानीइ तहहरुले महत्वपुर्ण भुमिका निर्वाह गरेको तर जिल्लाका केहि स्थानीय तहहरुले काम गरेर पनि व्यवस्थापन पक्षमा भने कमजोरी गरेको पाईएको निष्कर्ष निकाले छ । 

त्यस्तै बैठकले स्थानीय तहहरुले तत्कालै गर्नुपर्ने र दीर्घकालिन रुपमा गर्ने आवधिक र दिर्घकालिन योजनाहरु तयारी नबनाउनु, योजनाको प्राथमिकिकरण नगर्नु, सुचना प्रणली व्यवस्थित नगरिनु, व्यवस्थित अभिलेखिकरण नहुनु, प्राकृतिक स्रोतको व्यवस्थित प्रयोग र राजस्व बृद्धि गर्ने कुरामा ध्यान नदिएको, विषयगत क्षेत्रका काम व्यवस्थित नभएको, पालिका बिचमा समन्वय र सहजिकरणमा ध्यान नगएको, वातावरण संरक्षणमा ध्यान जान नसकेको, विषयगत क्षेत्रको बजेट कम खर्च भएको, सामाजिक संघसंस्था परिचालनमा अन्यौलता देखिएको निष्कर्ष निकालेको छ । सो क्रममा जिसस प्रमुख खुलालले स्थानीय तहहरु समग्रमा सक्षम बन्दै गएको पाईएको बताए । 

बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, जिससका सदस्यहरु लगायत कार्यालयका कर्मचारीहरुको सहभागिता थियो । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०