Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

साउनको सात दिन : थाहानगरमा ४३ जनालाई कोरोना

corona-test-thahatimes-1627040528.jpg

थाहा नगरपालिकामा साउनको पहिलो हप्ता ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थाहा नगरपालिकाले दैनिक प्रकाशन गर्ने प्रतिवेदन अनुसार नगरमा साउनको पहिलो सात दिनको अवधिमा ४३ जनामा कोराना सङ्क्रमण पुष्टि भएको देखिएको हो । 

थाहामा सात दिनको अवधिमा जम्मा ९३ जनामा एन्टिजेन परीक्षण गरिएको थियो । यसमध्ये ४६ प्रतिशतलाई कोरोना पुष्टि भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाहरुलाई परीक्षण गरिएकोमा ४६ प्रतिशतमा कोरोना पुष्टि भएको थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । 

‘हामी सामुदायिक कन्ट्याक्ट ट्रेसिङमा जान सकेका छैनौँ, सम्भव पनि छैन, ‘एक्टिभ केस’को आधारमा परीक्षण गरिरहेका छौँ,’ उनले भने । सङ्क्रमितहरुको जनसम्पर्कको आधारमा परीक्षण गर्ने हो भने नगरमा कोरोना सङ्क्रमणको अवस्था झनै डरलाग्दो हुनसक्ने उनले बताए । 

थाहाको सात दिनकै विवरण हेर्दा पनि अघिल्लो महिनाको तुलनामा सङ्क्रमण दर झनै बढेको देखिएको छ । असार महिनामा थाहा नगरपालिकामा कोरोना सङ्क्रमण दर ३९ प्रतिशत रहेकोमा साउनको पहिलो साता ४६ प्रतिशत पुग्नुले चुनौति थपिएको छ । 

थाहामा १ साउनमा ९ जना, २ साउनमा २ जना, ३ साउनमा ८ जना र ४ साउनमा ७ जनामा कोरोना देखिएको थियो । त्यसैगरी ५ साउनमा ३ जना, ६ साउनमा २ जना र ७ साउनमा १२ जनामा कोरोना पुष्टि भएको थियो । 

अहिले नाममात्रको ‘लकडाउन’ रहेको र बजार पुरै खुल्ला रहेकोले आगामी दिनमा थाहा नगरपालिकामा कोरोना सङ्क्रमण दर  अझै बढ्न सक्ने अनुमान गरिएको छ । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०