Saturday, 15th August, 2026
वि.स.

सहयाेगीकाे साधारण सभा, ११ कराेड काराेबार, ३४ लाख नाफा

IMG_20220108_124009_708-1641632971.jpg

थाहा नगरपालिका वडा नम्बर १ ओखरबजारमा कार्यालय रहेकाे सहयाेगी बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक बर्ष रु. १० करोड ९२ लाखको आर्थिक कारोबार गरेको छ । 

२४ पुसमा आयाेजित संस्थाकाे साधारण सभासमक्ष आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै साे जानकारी दिइएकाे हाे। 

 सस्थाका काेषाध्यक्ष राजमान श्रेष्ठका अनुसार संस्थाले रु.  ८ करोड २ लाख ऋण लगानी गरेको छ भने ७ करोड ६४ लाख बचत गरेको छ। सहकारीमा हाल २ करोड ७२ लाख तरलता रहेकाे छ भने  शेयर पूँजी रु. १ करोड ५१ लाख रहेको छ ।  संस्थाले गत आर्थिक वर्ष ३४ लाख खुद नाफा गरेको छ । 

संस्थाका अध्यक्ष अञ्जल प्रधानको सभाध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रमका प्रमुख अतिथि थाहा नगरपालिकाका प्रमुख लबशेर विष्ट रहेका थिए । कार्यक्रममा बाेल्दै विष्टले संस्थाले सदस्यहरुको ऋण बीमा गरेर राम्रो काम गरेको भन्दै  नगरभित्रका अन्य सहकारीहरुले पनि यस्तो कामकाे शुरु गर्नुपर्नेमा जाेड दिए । 

साधारण सभाको अवसरमा पालिकास्तरीय जिल्ला फुटबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल थाहा नगर टिमका खेलाडी तथा सहकारीका सदस्य आदर्श श्रेष्ठ,   कृषि व्यापारी तथा सदस्य रमेश लामिछाने , सदस्यहरुमा कृतिका प्रधान, नारायण बिश्वकर्मा,  विकेश गोपाली, दिलमाया प्रधान, गौतम प्रधान लगायतलाई सम्मान गरिएकाे थियाे । साेही सभामा संस्थाका सदस्य सुन्दर प्रधानको दुर्घटनामा परी मृत्यु भएकाेमा बिमावापतकाे रकम प्रधानकाे परिवारलाई  प्रदान गरिएकाे थियाे ।

कार्यक्रम उद्घाटनमा  थाहा नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुरुषाेत्तम ढकाल, पालुङ बहुउद्देश्यीय सहकारी सस्थाका सञ्चनलक समिति सदस्य जर्म श्रेष्ठ  लगायत बैक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुकाे उपस्थित रहेकाे थियाे । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif