Thursday, 2nd July, 2026
वि.स.

सहमती जुट्यो, थाहा महोत्सव कार्तिक १० बाट हुने

मकवानपुर थाहा नगरपालिकाको इन्द्रायाणी चौरमा १० कार्तिकदेखि तेस्रो थाहा महोत्सव हुने भएको छ । कपडा तथा फेन्सी कपडा व्यवसायी थाहानगर र थाहा नगर उद्योग वाणिज्य संघबीच महोत्सव संचालन गर्ने मितिको विषयमा सहमती जुटेपछि थाहा महोत्सव हुने भएको हो । 

कपडा व्यवसायी संघको तदर्थ समिति र थाहा नगर उद्योग वाणिज्य संघबीचको विवादका कारण महोत्सवको मिति तय हुन नसक्दा थाहा महोत्सव अन्यौलमा परेको थियो । १ असोजमा थाहा नगरपालिका कार्यालयमा उपमेयर खड््ग गोपालीको संयोजकत्वमा गठित समिति र सरोकारवलाहरुको उपस्थितीमा भएको वृहत्त छलफलले महोत्सवको मिति तय भएको हो । 

सहमतीमा भनिएको छ–‘महोत्सवको शुरु मिति २०७५ कार्तिक १० गते गर्ने र महोत्सव २०७५ कार्तिक १७ गतेसम्म गर्ने निर्णय गरियो साथै महोत्सवको समापन २०७५ कार्तिक १८ गते विहान ८ बजे गर्ने निर्णय गरियो ।’ यस अघि थाहानगर उद्योग वाणिज्य संघले ८ कार्तिकबाट शुरु गर्ने मिति घोषणा गरेपछि दुई संघबीच महोत्सव शुरुको मितिको विषयमा विवाद भएको थियो । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०