Monday, 18th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

सहकारीबाट कोरोना उपचार ऋण उपलब्ध

33-1621236408.jpg

 दाङको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोराना सङ्क्रमण पुष्टि भएका आफ्ना सदस्यहरुलाई उपचार ऋण र स्वास्थ्य तथा पौष्टिक खाद्य वस्तुहरु सहयोग गर्न शुरु गरेको छ ।

घोराहीमा रहेको सहकारीले कोरोना संक्रमित सदस्यहरुको औषधि उपचारका लागि दुई महिनासम्म ब्याज नलिने गरी एक लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउनुको साथै चार हजार मूल्य बराबरको स्वास्थ्य तथा पोषणयुक्त खानेकुरा उपलब्ध गराउन थालेको संस्थाका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिए ।