Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

सवारी दुर्घटनामा असइकाे मृत्यु

Death-body_20180901102757-1626316959.jpg

बारामा बुधबार राति भएको सवारी दुर्घटनामा पर्सा जिल्ला घर भएका एक प्रहरी सहायक निरीक्षक(असइ)को मृत्यु भएको छ। बाराको महागढी नगरपालिका २ स्थित भुतही पुल नजिक बुधबार राति सवा नौ बजे प्रदेश २–०३–००१ ख.०७१५ नम्बरको ट्रकले स.५ प.९५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
 
उक्त दुर्घटनामा मोटरसाइकल चालक पर्साको सखुवा प्रसौनी गाउँपालिका ६ घर भइ रौतहटको इलाका प्रहरी कार्यालय सन्तपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक ४४ वर्षीय रमेशकुमार राउतको घटनास्थलमै मृत्यु भएको हो। 

रौतहट सन्तपुर स्थित प्रहरी कार्यालयबाट बुधबार राति मोटरसाइकलमा आफ्नो घर फर्किंदै गरेका बेला राउत सवार रहेको मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो। 

मृतकको शव, पोष्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा पठाइएको र ट्रक सहित चालकलाई नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए।  



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०

Death-body_20180901102757-1626316963.jpg