Friday, 28th August, 2026
वि.स.

सर्वेक्षण भन्छ-'स्थानीय सरकारप्रति जनताको विश्वास बढ्यो'

3-8-1617982316.jpg

स्थानीय सरकारप्रति जनताको विश्वास बढेको एक सर्वेक्षणले देखाएको छ ।  काठमाडौं विश्वविद्यालय, स्कुल अफ आर्टसले इन्टरडिस्प्लिनरी एनालिस्टस् (आईडीए) र दि एसिया फाउन्डेशनसँग मिलेर गरेको सर्वेक्षणमा सहभागीमध्ये ८४.६ प्रतिशतले स्थानीय निकायका वडाध्यक्ष/सदस्यलाई विभिन्न विषय वा अवस्थामा विश्वास गर्ने बताएका हुन् ।

प्रदेश र संघ र प्रदेशभन्दा स्थानीय सरकार बढी उत्तरदायी भएको पाइएको छ । ५८.९ प्रतिशतले स्थानीय सरकारको उत्तरदायी भूमिकाको प्रशंसा गरेका छन् ।  ४४.२ प्रतिशतले प्रदेश सरकारको र ४३.६ प्रतिशतले संघीय सरकारको उत्तरदायी भूमिकाको प्रसंशा गरेका छन् ।  शुक्रबार सार्वजनिक सर्वेक्षणमा देशको समग्र अवस्थाप्रति जनधारणा, सुरक्षा र विवाद समाधान, पहिचान र सामाजिक सम्बन्ध, शासन र राजनीतिमा सहभागिता र आर्थिक दृष्टिकोण र सूचनामा पहुँचबारे जनमत समेटिएको छ ।

सर्वेक्षणमा सातै प्रदेशका ५८८ वडाहरूबाट छानिएका ७,०६० जना प्रतिनिधि सहभागी थिए । सन् २०१७ मा शुरु गरिएको यो सर्वेक्षण सन् २०१८ हुँदै तेश्रो पटक सन् २०२० मा भएको हो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif