Wednesday, 26th August, 2026
वि.स.

सर्पको टोकाइबाट श्रीमानको मृत्यु, श्रीमतीको उपचार हुँदै

snake-1594283660.jpg

सुतिरहेका बेला सर्पले डसेर दैलेखमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नारायण नगरपालिका(२ कुसाडाका २० वर्षीय ललित नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 

बुधबार राती २ बजेतिर उनलाई सर्पले डसेको थियो । प्रहरी निरीक्षक नैनबहादुर साउदका अनुसार ललितकी श्रीमती भद्रा नेपालीलाई पनि सर्पले डसेको छ । उनको दैलेख अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक साउदले बताए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif