Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

सरकारले गर्याे यस्ताे निर्णय

6053842343_0af935d052_b.2-1629385033.jpg

सरकारले ७ भदौमा गाईजात्राको दिन देशभरका नेवार समुदायलाई सार्वजनिक विदा दिने भएको छ ।

३ भदाैमा बसेको मन्त्रपरिषद बैठकले  ७ भदाैमा गाईजात्राको दिन नेवार समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यसअघि गाईजात्राको दिन काठमाडौं उपत्यकामा मात्र सार्वजनिक विदा हुँदै आएको थियो ।

सरकारले  १४ भदाैमा कृष्ण जन्माष्टमीको दिन पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मालाई महारथी दर्जामा पदोन्नती गरी प्रधान सेनापति नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको मन्त्री कार्कीले बताए । हाल शर्मा कायम मुकायम प्रधान सेनापति छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०