Sunday, 16th August, 2026
वि.स.

सरकारको घोषणाः थाहानगर सहित २२ पुग्यो नयाँ शहर

Thaha-1478138165.jpg

सरकारले थप १२वटा नयाँ सरहर छनोटको प्रक्रिया थालेको छ । अब हुने नयाँ सहरमध्ये तराई क्षेत्रबाट पूर्वपशिचम जोड्ने हुलाकी राजमार्गमा १० वटा रहने छन् ।  त्यस्तै प्युठान र सुर्खेतमा १र१ गरी २ वटा हुनुेछन् ।

गत आर्थिक वर्ष ७२/७३ मा नै नयाँ सहर थप गर्नेसम्बन्धी व्यवस्था गरिएको भए पनि प्यूठान र सुर्खेतमा परामर्शदाता नियुक्त गर्नेबाहेक कुनै काम हुन नसकेको आजको नयाँ पत्रिकामा समाचार छ । चालू आवमा भने थप १२ सहरमा रहने ठाउँ निश्चित गर्ने गरी काम भइरहेको नयाँ सहर आयोजनाका कायममुकायम निर्देशक चक्रवर्ती कण्ठले जानकारी दिए । सरकारले मकवानपुरको थाहानगरलाई पनि पहिचान सहितको नयाँ शहर बनाउने यस अघि नै घोषणा गरिसकेको छ ।

आयोजना व्यवस्थापन पक्षका अनुसार अहिलेसम्म प्यूठान र सुर्खेतमा नयाँ सहर छनोटको काम अन्तिम अवस्थामा पुगेको छ । हुलाकी राजमार्गमा रहने १० वटा सहरको भने प्रारम्भिक अवस्थामा नै छ । 

यसअघि सरकारले मध्यपहाडी राजमाजर्गमा पर्नेगरी १० वटा नयाँ सहर निर्माणको स्थान छनोट गरी काम सुरु गरिसकेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०