Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

सबै शिक्षकलाई खाेप लगाउन माग गर्दै थाहानगर प्रमुखलाई ज्ञापन

1c627690ccfe1a8ef276112ba-1622976989.jpg

नेपाल राष्ट्रिय शिक्षक संगठनले अग्रभागमा खटिएर काम गर्ने सबै शिक्षकहरुलाई प्राथमिकतामा राखेर काेराेविरुद्धकाे खाेप लगाउन माग गर्दै थाहा नगरपालिकालाई ज्ञापन पत्र बुझाएकाे छ । नयाँ शैक्षिक सत्र शुरु हुन लाग्दा पनि शिक्षकलाई खाेप लगाउन प्राथमिकता नदिएकाे संगठनकाे गुनासाे छ । 

२३ जेठमा संगठनका थाहा नगर अध्यक्ष रुपचन्द्र गाेपालीकाे नेतृत्वमा गएकाे पदाधिकारीहरुकाे टाेलीले  नगरकार्यपालिकाकाे कार्यालय पुगेर ज्ञापन पत्र बुझाएकाे हाे । नगरप्रमुख लबशेर बिष्ट  नगर बाहिर रहेकाेले टाेलीले निमित्त कार्यालय प्रमुख अजित घिमिरेलाई ज्ञापन पत्र बुझाएकाे थियाे ।

संगठनले खाेप लगाए मात्र शिक्षकहरुले बार्षिक नतीजा तयार पार्न र शैक्षिक गतिबिधि गर्न उच्च मनाेबल प्राप्त हुने स्पष्ट पारेकाे छ । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०