Wednesday, 26th August, 2026
वि.स.

सन् २०२२ सम्ममा विश्वमा बेरोजगारीको सङ्ख्या बढेर २० करोड ५० लाख पुग्ने

ilo-1622702662.png

 अन्तर्राष्ट्रिय श्रम सङ्गठन ९आइएलओ०ले कोरोना महामारीका कारण विश्वमा बेरोजगारीको सङ्ख्या बढ्ने जनाएको छ । आइएलओले कोरोनाको महामारीका कारण विश्वमा लाखौँले रोजगारी गुमाएको तथा नयाँ रोजगारीका लागि तयार रहेका लाखौँ बेरोजगार भएका उल्लेख गरेको छ ।

यो वर्ष कोरोनाका कारण सात करोड ५० लाख मानिसको रोजगारी गुमेको आइएलओको तथ्याङ्कले जनाएको छ । आइएलओका निर्देशक गाय राइडले अर्को वर्ष अर्थात सन् २०२२ सम्म विश्वमा बेरोजगारीको सङ्ख्या २० करोड ५० लाख पुग्ने अनुमान गरिएको बताए। यसले गरिब तथा मध्यम देशमा असमानता बढाउने उनले बताए।

संयुक्त राष्ट्र सङ्घले कोरोना महामारीका कारण विश्वमा परेको असर पार गर्न लामो समय लाग्ने जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif