Monday, 24th August, 2026
वि.स.

सन्ताेष चाैलागाई बने बागमती प्रदेश युवा परिषदकाे उपाध्यक्ष

IMG_20210618_165855-1624015039.jpg

बागमती प्रदेश युवा परिषदको उपाध्यक्षमा मकवानपुरका युवा सन्तोष चौलागाई नियुक्त भएका छन् ।

४ असारमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले चौलागाईलाई युवा परिषद्को उपाध्यक्षमा नियुक्त गरेका हुन् । युवा परिषदमा उपाध्यक्ष नियुक्तिसँगै प्रदेशमा युवाको निति निर्माण गर्न र योजना कार्यान्वयन गर्न सहज हुने मुख्यमन्त्री पौडेलले बताए । नियुक्त भएका चौलागाईलाई सपथ ग्रहण गराउदै सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले समग्र युवा बिकासका लागि महिला युवाहरुको सक्रियता बढाउनेगरि काम गर्न सुझाव दिएकी हुन् ।

बागमती प्रदेशको युवा परिषद्को उपाध्यक्षको लागि १६ जनाको आवेदन परेकोमा सामाजिक विकास मन्त्रालयले ६ जनालाई अन्र्तवार्ताका लागि छनौट गरेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif