Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

सडक मर्मतका लागि थुपारेकाे ढुङ्गामा माेटरसाइकल ठाेकिएर कार्कीकाे मृत्यु

216745925_402369937434478-1625981350.jpg

पूर्वपश्चिम राजमार्ग अन्तर्गत  बसामाडिमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सडक डिभिजन कार्यालयले सडक मर्मत तथा निर्माणको लागि थुपारेको ढुंगामा मोटरसाइकल ठोकिएर दुर्घटना हुँदा मनहरी ३ हाडिखोला बस्ने अन्दाजी ३१ वर्षका कृष्णहरी कार्कीको मृत्यु भएको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष रामकुमार पुडासैनीले बताए । उनले भने ‘यो सबै सडक निमार्ण गर्नेको लापरवाहीको कारण भएको हो । सडक निमार्णमा आवश्यक निमार्ण सामाग्री सडकभर रहेका छन्, न साबधानको बोर्ड राखिएको छ । सडम डिभिजनको लापरवाहीले एकजनाको ज्यान गयो ।’

गएराती रातको १२ बजे मोटरसाइकल अनियन्त्रित भई सडकमा थुपारेको ढुंगामा ठोकिएर घाइते भएका उनको हेटौंडा-११ स्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल ओभरस्पीडमा रहेको हुँदा दुर्घटना भएको हो ।

हेटौंडाबाट मनहरीतर्फ गइरहेको बागमती प्रदेश ०३-००३ प ७२१४ नम्बरको मोटरसाइकल बसामाडिमा सडक निर्माणका लागि डिभिजन सडक कार्यालयले थुपारेको ढुंगामा ठोकिएर अनियन्त्रित भई दुर्घटना भएको हो ।

उक्त सडक निर्माणका क्रममा वडाबाट पटक पटक सावधानका बोर्ड राख्न तथा निर्माण सामाग्री सडक ढाक्नेगरि नराख्न अनुरोध गर्दा पनि सुनुवाई नभएको हेटौंडा ३ का वडाअध्यक्ष पुडासैनीले बताए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०