nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सञ्चारकर्मी काशीसहित १४ जना सम्मानित

ञ्चारकर्मी शिवकुमार काशीसहित मकवानपुरको सरिखेत गाविसका १४ जनालाई सम्मान गरिएको छ । सोनाम ल्होछारको अबसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याएको व्यक्तिहरुलाई सम्मान गरिएको हो ।

सरिखेतस्थित साङ्गे छोयलिङ गुम्बा अन्तर्गठ गठित गाविसस्तरीय ल्होछार समारोह मूल आयोजक समितिले आयोजना गरेको सम्मानित हुँदै संचारकर्मी काशीबृहद् सांस्कृतिक कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा पत्रकारिता क्षेत्रबाट शिवकुमार काशी, गाविसमै पहिलोपटक एसएलसी उत्तीर्ण गरेका पूर्व शिक्षक सुरेन्द्रबहादुर शाह, गाविसमै पहिलोपटक मास्टर्स उत्तीर्ण मोहन वाइबा, कराँतेका राष्ट्रिय खेलाडी एबम् नेपाल प्रहरीका सहायक निरीक्षक गणेश थिङ, पहिलो तथा एकमात्र इन्जिनियर प्रितम मुक्तान, नेपालकै पहिलो चेपाङ गायक रविनकुमार चेपाङ, पहिलो रेन्जर रामचन्द्र रुम्बा, शसस्त्र प्रहरीमा आबद्ध महिला संगीता मुक्तान, पहिलो अनमी रमा थापा मुक्तान, पहिलो ल्याव टेक्निसियन अञ्जना मुक्तान, देवकी बल र भ¥याङकालिका पञ्चेबाजा समूह रहेका छन् । सम्मानित सबैलाई सांसद राजाराम स्याङ्तानले सम्मान पत्रसहित ढाकाटोपी लगाएर सम्मान व्यक्त गरेका थिए ।

कार्यक्रमसमारोहमा चर्चित गायक मिलन लामा, चेपाङ गायक रविनकुमार चेपाङ, युवा गायक अबिराम मोक्तान, सुन्दर लामा, जुना डिसीसहितका गायक गायिकाहरुले गीत गाएका थिए भने सरिखेत, काठमाडौँ, मनहरी सिमपानी तथा भार्ता गाविसका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल तामाङ घेदुङ संघका केन्द्रीय सचिव पासाङबज्र लामा, जिल्ला अध्यक्ष लिलाराज घलान लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

गुम्बाका अध्यक्ष चित्रबहादुर थिङको सभाध्यक्षतामा भएको कार्यक्रममा काजीराम मुक्तानले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)