Wednesday, 26th August, 2026
वि.स.

सगरमाथा आरोहणमा चीनले रोक लगायो

sagarmatha-1621068696.png

। चीनले तिब्बततर्फबाट सगरमाथा आरोहणमा अस्थायी रुपमा रोक लगाएको छ ।

नेपालमा कोरोना संक्रमणको दर उच्च रहेको र नेपालतर्फको आधारशिविरमा केही आरोहीमा संक्रमण देखिएपछि चीनले उच्च सावधानी अपनाउँदै आरोहणमा रोक लगाएको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चिनियाँ सरकारी निकायले शुक्रबार एक सूचना जारी गर्दै सगरमाथा आरोहणको अनुमति बन्द गरिएको जानकारी दिएको छ ।

चीनले यो सिजनमा ३८ जनालाई सगरमाथा आरोहणको अनुमति दिएको जसमध्ये सबै चिनियाँ नागरिक थिए । तर, नेपालले भने यो सिजनमा ४०८ जनालाई आरोहण अनुमति दिएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif