Tuesday, 19th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

सगरमाथा आरोहणका सिलसिलामा दुई आरोहीको निधन

mtevr-1620889225.jpg

 सगरमाथा आरोहणमा पुगेका दुई आरोहीको निधन भएको छ । आधार शिविरबाट पर्यटन बोर्डकी निर्देशक मीरा आचार्यका अनुसार आरोहण पुरा गरि फर्केर साउथ समिटमा बसेका स्वीट्रल्याण्डका आरोही अब्दुल वाहेद वारिचको सोेही स्थानमै मृत्यु भएको छ ।

उनको बसेकै स्थानमा ज्यान गएको छ । उद्दारका लागि शेर्पा सहयोगी पठाउँदा प्रतिकुल मौसमका कारण जान नसकेको आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिटलाई उद्धार गर्दै आचार्यले जानकारी दिइन् । आज नै अमेरिकी नागरिक लिउ पुवेईको समेत क्याम्प ४ मा ज्यान गएको छ ।

उनी आरोहणमा जाँदा हिलारी स्टेपमा पुग्दा उनलाई समस्या देखिएको थियो । त्यसपछि चुचुरो नलगी क्याम्प ४ मै फर्काइएको थियो । उनको क्याम्प ४ मा ल्याउँदा बाटोमै ज्यान गएको निर्देशक आचार्यले जानकारी दिइन् ।

सगरमाथामा यो वर्ष १ सय ५० भन्दा आरोहीले सफल आरोहण गरेका छन् । आरोहणका लागि अनुकुल मौसम तत्कालका लागि सकिएको छ । अब २० मे पछि धमाधम थप आरोहण हुने आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०