Thursday, 30th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

सकारात्मकलाई जोड दिऔँः गभर्नर शाह

रोटरीका डिष्ट्रिक ३२९२ नेपाल˗भुटानका डिष्ट्रिक गभर्नर जयाराज्य लक्ष्मी शाहले सकारात्मक कुराको प्रचार गर्नुपर्ने बताएकाछन् । समाजमा नकारात्मक बढ्दै गएकाले राम्रा र मनकारी कामलाई प्रोत्साहन दिन प्रचारप्रसारमा जोड दिनुभयो । रोटरी क्लब अफ हेटौँडाले उहाँको स्वागतमा गरेको क्लब भेलामा यस्तो बताएका हुन् । 

कार्यक्रममा रोटरी क्लव अफ हेटौँडाका कोषाध्यक्ष रामप्रसाद शर्मा, प्रशासन समितिका चेयर ईन्द्र नेपाल, रोटरी फाउण्डेशन समितिका चेयर प्रकाश ढकालले प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए। कार्यक्रम रोटरी क्लब अफ हेटौँडाका अध्यक्ष मदन अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा रोटरीका डिष्ट्रिक ३२९२ नेपाल˗भुटानका डिष्ट्रिक सेक्रेटरी नन्दराम बैद्य, रोटरी क्लब अफ हेटौँडाका फस्ट लेडी मञ्जु अधिकारी लगाएतको आतिथ्य रहेको थियो । कार्यक्रममा रोटरी क्लब अफ हेटौँडाका संस्थापक सदस्यहरु, पूर्व अध्यक्षहरु, रोटरीयन लगाएतको उपस्थिती रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/Suraj-1510299856.jpg

सुरजकुमार भुजेल

surajkhabar@gmail.com

भुजेल स्थानीय विकास र स्थानीय शासन विटमा समाचार लेख्ने मकवानपुर, थाहाका पत्रकार हुन् ।