Monday, 18th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

संघीय बजेटमा थाहानगर : प्राथमिकतामा चित्लाङ

182551840_280332129325083-1622293122.jpg

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार प्रस्तुत गरेको बजेटमा थाहा नगरपालिकालाई केही हदसम्म छोएको देखिएको छ । बजेटमा थाहा नगरपालिकाको चित्लाङ प्राथमिकतामा परेको देखिएको छ । 

अर्थमन्त्री पौडेलका अनुसार मदन भण्डारी विश्वविद्यालयअन्तर्गत चित्लाङमा निर्माणाधिन इन्जिनियरिङ कलेज आगामी वर्षभित्र निर्माण सम्पन्न हुने भएको छ । 

त्यसैगरी थाहा नगरलाई काठमाण्डौँसँग जोड्ने निकै महत्वपूर्ण मानिदै आएको चित्लाङ–काठमाण्डौँ सुरुङमार्गको निर्माण सुरुवात आगामी आर्थिक वर्षबाट हुने भएको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो आयोजना सम्पन्न गर्नको लागि बजेट विनियोजन गरेको बताए ।

सरकारले नयाँ सहर निर्माण तथा पुराना सहर पुनः जागृत कार्यक्रमअन्तर्गत पनि चित्लाङ परेको छ । मकवानपुरको चित्लाङमा नयाँ सहर निर्माण र भीमफेदीमा पुरानो सहर जागृत गर्नेगरी बजेट छुट्टाइएको अर्थमन्त्रीले घोषणा गरेका छन्  । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०