Thursday, 27th August, 2026
वि.स.

संघीयताको असल अभ्यासः अब थाहा नगरपालिकामै सहकारी दर्ता हुने

saha-1611537441.jpg

मकवानपुर थाहा नगरपालिकाले संघीयता कार्यान्वयनको असल अभ्यास गरेको छ । थाहा नगरपालिकाले संविधानले दिएको अधिकार प्रयोग गर्दै सहकारी दर्ता प्रक्रिया शुरु गरेको छ । 

पालिकाले पहिलो पटक भूपू सैनिक कृषि सहकारी संस्था लि. दर्ता गरेको सहकारी शाखा प्रमुख उमेश श्रेष्ठले जानकारी दिए । नगरपालिकाले सहकारी ऐन बनेको दुईवर्षपछि सहकारी नियमावली निर्माण गरी संस्था दर्ता तालेको शाखा प्रमुख श्रेष्ठले जानकारी दिए । सहकारी दर्ताको साथै नियमनको कामलाई पनि प्रभावकारी रुपमा अघि बढाइने प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । 

थाहानगरमा साविक डिभिजन सहकारी कार्यालयबाट हस्तान्तरण भएका तीनदर्जन बढि सहकारी संस्थाहर क्रियाशील रहेका छन् ।  



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif