thahatimes-ad-thekka-1731652826.jpg
Saturday, 18th January, 2025
वि.स.

संघको आधिकारिक धारणाः उचित क्षतिपूर्ति र व्यवसायीलाई व्यवस्थापन

4-1484625397-1484998709.jpg

हाल हेटौडा बजार क्षेत्रमा भईरहेको २५ मीटर सडक विस्तारको विषय माथि मकवानपुर उद्योग वाणिज्य संघको आधिकारिक धारणाका लागि संघको कार्य समितिको बोर्ड बैठक सम्पन्न गरिएको छ ।

संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा बसेको विशेष बैठकमा पूर्व अध्यक्ष, सल्लाहकार, कार्य समितिका सदस्यहरुको समेत २५ मीटर सडक विस्तारको विषयमा आ–आफ्नो धारणासहित निचोडमा संघले आफ्नो आधिकारिक धारणा तय गरेको हो । आजको विशेष बैठकले हिजो संसदमा मकवानपुरका सांसदहरुले २५ मीटर सडक विस्तारको विषयमा आवाज उठाएको प्रति धन्यवाद पारित गर्दै, २५ मीटर सडक विस्तार गर्नु परेमा घरधनीहरुलाई उचित क्षतिपूर्ति र व्यवसायीलाई व्यवस्थापनका लागि पर्याप्त समय दिनु पर्ने निर्णय गरेको छ । यसै गरी संघले २५ मीटर भित्र पर्ने प्रभावित व्यवसायीहरुको वास्तविक लगत संकलन गरी उनीहरुको व्यवस्थापनका लागि कार्य अघि बढाउने समेत निर्णय गरेको छ ।

संघका पूर्व अध्यक्ष, सल्लाहकार, पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको समेत उपस्थिति रहेको आजको विशेष बैठकले संघले यस विषयमा आफ्नो आधिकारिक धारणा व्यक्त गर्नु परेमा संघका अध्यक्षले नै धारणा सार्वजनिक गर्ने समेत निर्णयमा उल्लेख गरिएकोछ ।