Wednesday, 26th August, 2026
वि.स.

संक्रमितको शव व्यवस्थापनमा खटिएका २ जनालाई कोरोना पुष्टि

covide-1593239637.jpg

कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनका लागि खटिएका २ जना नेपाली सेनाका जवानमा पनि कोरोनाको संक्रमण पुष्टि भएको छ ।

पाल्पा तानसेनस्थित गोरखदल गणका ३३ र ३४ वर्षका जवानको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

पाल्पाको पूर्वखोला गाउँपालिका वडा नम्वर १ सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएपछि उनको शव व्यवस्थापनमा खटिएका दुईजना सैनिकमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif