Thursday, 27th August, 2026
वि.स.

श्रोत नखुलेको १६ लाख सहित ३ जना पक्राउ

pakarau-1617954249.jpg

 वीरगंज महानगरपालिका-१० रानीघाटस्थित सडकबाट श्रोत नखुलेको १६ लाख रुपैयाँ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्सागढी नगरपालिका-४ पश्रामपुर बस्ने ४५ वर्षीय तवारख देवान र सोही ठाउँ बस्ने ६० वर्षीय जोखन साई फकिर र वीरगंज महानगरपालिका(१० आदर्शनगर बस्ने ५० वर्षीय उमेश शर्मा रहेका छन् । वीरगंज महानगरपालिका-१० रानीघाट पुलस्थित सडकबाट उक्त श्रोत नखुलेको रकम र ना।१२ प ५०७३ नम्बरको मोटरसाइकल सहित तवारख र जोखन साईलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो ।

थप अनुसन्धान गर्ने क्रममा उक्त कारोबारमा उमेशको समेत सलंग्नता रहेको खुल्न आएपछि प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो ।  उनीहरु उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विपरीतको कसूरमा जिल्ला अदालत पर्साको आदेशले ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif