nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 16th May, 2024
वि.स.
1000043965-1707579226.jpg

श्रमदान गर्ने अमेरिकी स्वयंसेवकलाई विदाई 

मकवानपुर थाहा नगरपालिकाको जनकल्याण माध्यमिक विद्यालयमा च्वाईस नेपालको सहयोगमा डोटेरा समुह अमेरिकाका स्वयंसेवकहरुलाई अतिथि सत्कार तथा विदाई गरिएको छ । 

जनकल्याण व्यवस्थापन समितिका अध्यक्ष राजीव कुमार स्याङ्तानको सभाध्यक्षता, विद्यालयका प्रचार्य सानोभाइ कार्कीको र डोटेरा समुह तथा च्वाइस नेपालका अतिथिहरुको आतिथ्यता कार्यक्रम भएको हो । 

थाहाको जनकल्यण माविमा २३ बैशाखमा ३५ अमेरिकी स्वयमसेवकहरु आएका थिए । पालुङ प्राथमिक स्वास्थ्य चौकीमा च्वाईस नेपालको १ करोड १० लाख अनुदान, थाहा नगरपालिकाको २० लाख बजेट र उपभोक्त समुहको ५ लाख गरी कुल १ करोड ३५ लाखको लागत सहयोगमा निर्माण शुरु भएको छ । १५ शैथ्याको सुबिधा सम्पन्न पालुङ प्राथमिक स्वास्थ्य चौकीको नयाँ भवन निर्माण थालिएको हो । डोटेरा समुह र च्वाइस नेपाल तथा अमरेकिाका भोलिन्टियरहरुले स्वयम सेवकको रुपमा काम गरेका थिए । 

त्यसैगरि जन कल्याणमा बन्दै गरेको २ कोठे कृषि प्रयोग शालामा पनि ३ दिनसम्म स्वयमसेवकको रुपमा काम गरेका थिए । समूहले दामनमा रहेको धसिङग्रे तेलको डिष्टीलरीलाई कसरी प्रयोग गर्न सकिन्छ, कसरी बढी भन्दा बढी तेल उत्पादन गर्न सकिन्छ र अहिले कसरी प्रयोग भईरहेको छ भन्ने विषयमा जनाकारी लिएको च्वाईस नेपालका कन्ट्री डाईरेक्टर प्रतिक शर्माले जनाकारी दिए । 

-जनक लामा
 









Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg