Friday, 3rd July, 2026
वि.स.

शैक्षिक गुणस्तरमा सुधार भएको छ–प्रमुख विष्ट  

Laba-1612372202.jpg

गाउँ शहर सम्वृद्धिको पहिलो आधार शिक्षा भएको थाहा नगरपालिकाका प्रमुख लवशेर बिष्टले बताएका छन् । थाहानगरका सबै विद्यालयको शैक्षिण गुणस्तरमा सुधार आएको बताउँदै अझै गुणस्तरमा निखारता ल्याउन पालिकाले काम गरिरहेको बताए । थाहा–३ को जनकल्यण माविको ५३ औं वार्षिक उत्सवको अवसरमा प्रमुख विष्टले यस्तो बताएका हुन् । 

कार्यक्रममा नगर शिक्षा समितिका संयोजक तथा वडा नम्बर ६ का वडा अध्यक्ष शशिधर सुवेदीले विद्यालयको शैक्षिक गुणस्तर सुधार्नका लागि प्रधानाध्यापकको ८० प्रतिशत र बाँकी अन्य शिक्षकको भुमिका हुने बताए र सुवेदीले शिक्षकले चाहेमा शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण फड्को मार्न सक्ने बताए । उनले थाहानगरका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा तुलनात्मक रुपमा सुधार भैरहेको धारणा राखे । 

विद्यालयको वार्षिक उत्सवको अवसरमा १० जना विद्यार्थीलाई झलकचन्द्र शिक्षा ज्योति कोषवाट छात्रवृत्ति प्रदान गरिएको थियो । विद्यालयको संस्थापक अध्यक्ष झलकचन्द्र बिष्टकोे स्मृतिमा छोरा सुवासचन्द्र बिष्टले ४ लाखको अक्षयकोषको स्थापना गरेका छन् । अक्षयकोषको व्याज वापत प्राप्त रकमले छात्रवृत्ति प्रदान गरिएको हो । कोषका संरक्षक बिमलकुमार विष्टले अक्षयकोषलाई बढाएर १५ लाख रुपैया पु¥याउने तयारी भैरहेको जानकारी दिए । 

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजिव कुमार स्याङतानको अध्यक्षतामा भएको कार्यक्रममा, इन्द्रायणी माध्यामिक विद्यालयका शिक्षक कल्याण बिक्रम घलान, विद्यालय व्यवस्थापन समितिको अध्यक्षको तर्फवाट मत्स्यनारायण माविका नवराज बिष्ट, लगायतले मन्तव्य व्यक्त गरे । वार्षिक उत्सवको अवसरमा थाहानगर भरिका कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुकोे चित्रककला, ८ कक्षासम्मको वक्तृत्वकला, र माविस्तरीय सामुहिक नृत्य प्रतियोगिता भएको थियो । 

कार्यक्रममा नेकपा बागमती प्रदेश सचिवालय सदस्य बिष्णु बिष्ट ‘आदर्श’, थाहा–३ वडा अध्यक्ष राजेश के.सी., ५ नम्बर वडा अध्यक्ष बिष्णु बहादुर गुरुङ, लगायत स्थानिय संघसंस्था प्रमुख तथा प्रतिनिधि आतिथ्य रहेको थियो ।
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०