Tuesday, 1st September, 2026
वि.स.

शुल्क वृद्धिको विरोधमा मकवानपुरमा स्ववियुको रिले अनशन

sulkaaa-1578447009.jpg

शुल्क वृद्धिको विरोधमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले मकवानपुर बहुमुखी क्याम्पसमा मंगलबारदेखि रिले अनशन सुरु गरेको छ ।

क्याम्पस प्रशासनले नयाँ विद्यार्थी भर्नामा सय प्रतिशत र मासिक शुल्कमा ६५ प्रतिशत शुल्क वृद्धि गरेपछि स्ववियुको अगुवाइमा विभिन्न विद्यार्थी संगठनले रिले अनशन सुरु गरेका हुन् ।  स्ववियु सभापति कुमार केसी, अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष एमबी बस्नेत र अनेरास्ववियु क्रान्तिकारी क्याम्पस अध्यक्ष रामकृष्ण शिवाकोटी अनशनमा बसेका छन्

क्याम्पस प्रशासनले शुल्क वृद्धि फिर्ता नलिएसम्म अनशन जारी रहने केसीले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif