Friday, 17th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

शिखरको ११औँ साधारण सभा सम्पन्न, संस्थाको नाफा २० लाख 

sikhar-1640704682.jpg

थाहा नगरपालिका–३ शिखरकोटमा कार्यालय रहेको शिखर बचत तथा ऋण सहकारीले आफ्नो ११औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 
जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष मधुसूदन विष्टको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । 

साधारण सभाको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले सहकारीहरुले शेयर, बचत र लगानीको अनुपातमा ध्यान दिएर अघि बढ्नुपर्ने बताइन् । उनले संघले प्रारम्भिक संस्थाहरुको हितका लागि आवश्यक कानुन तथा नीतिका लागि विभिन्न दवावमुलक अभियान सञ्चालन गरिरहेको पनि जानकारी दिइन् । ‘धितो बन्धक पास गर्दा सदस्यहरुले चर्को शुक्ल तिर्नुपरेकोले  त्यसलाइ कम र सहज बनाउन पहल गरिरहेका छौँ’ उनले भनिन् । 

कार्यक्रममा वडा अध्यक्ष राजेश केसी, च्वाइस नेपालका ग्रामीण बिकास विशेषज्ञ कुलप्रसाद तिवारी, पत्रकार कुमार नेगी, दिब्यतारा बहुउद्देश्यीय सहकारी संस्थाका थाहानगर सम्पर्क कार्यालय संयोजक भरत गोपाली, फरक सोचका अध्यक्ष यादव रायमाझी, पालुङ जेसीज वर्ष २०२१ का अध्यक्ष नवराज लामा लगायतले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए । 

साधारण सभाले अध्यक्ष, कोषाध्यक्ष र लेखा समिति संयोजकका प्रतिवेदनहरु पारित गरेको छ भने सोही अवसरमा उत्कृष्ट सदस्यहरु पुरस्कृत र सम्मानित भएका छन् ।  संस्थामा उत्कृष्ट कारोबार गर्ने सदस्यहरु शिखर सप्लायर्स, कृष्ण कार्की, रश्मी बिष्ट, राजकुमार पन्थ, बिस्णुहरि केसी, निर्मलध्वज कार्की, हेमकुमारी बिष्ट र शिवशंकर चौधरी सम्मानित भएका हुन् ।

शिखर सहकारीको शेयर पुँजी रु. १ करोड २४ लाख पुगेको छ भने गत वर्ष ८ करोड १८ लाखको कारोबार गरेको छ । त्यसैगरी एक वर्षको अवधिमा रु. २० लाख नाफा कमाएको छ । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०