Saturday, 15th August, 2026
वि.स.

शिखरकाेटमै हिउँ, दामन सेताम्मे

मकवानपुरकाे पर्यटकीय क्षेत्र थाहानगरकाे दामन, सीमभञ्ज्याङ, काेटथुम्की, देउराली लगायतकाे स्थानहरुमा ८ फागुन बेलुकी  हिमपात भएकाे छ ।

थाहानगरकाे शिखरकाेट, थानाबजार, ओखरबजार लगायत मुख्य बजारसहित तल्लाे भेगमा समेत हिउँ परिरहेकाे छ । जारी हिमपात कति समय पर्ने र कति जम्ने अहिले नै एकीन गर्न सकिने अवस्था छैन । 

८ फागुन बेलुकी ८:०७ बजेबाट शिखरकाेटमा हिउँ पर्न शुरु भएकाे स्थानीय किसन  रायमाझीले बताए । हिमपातअघि हुरीबतास र वर्षासँगै हल्का असिना परेकाे थियाे । 

थाहानगरमा अघिल्लोपटक परेकाे हिउँ सकिन नपाउँदै अर्काे हिमपात भएकाे हाे । याेसमेत यस वर्ष यहाँ ४ पटक हिमपात भएकाे छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif