Thursday, 27th August, 2026
वि.स.

शिक्षा विकासका लागि ज्ञापनपत्र बुझाईयो !

Education-3-Palika-lai-G-1608824254.jpg

शिक्षा क्षेत्रको विकास र सुधारका लागि शिक्षाका लागि राष्ट्रिय अभियान(एनसीई) मकवानपुर र नागरिक समाज मञ्च मकवानपुरले जिल्लाका ३ स्थानीय तहलाई २४ बुँदे माग ज्ञापनपत्र बुझाएको छ ।

शिक्षा, स्वास्थ्यमा संविधान प्रदत्त नागरिकको अधिकार अनुसार स्थानीय सरकारलाई जवाफदेही बनाउन र प्रभावकारी सेवा प्रवाह गर्दै सार्वजनिक शिक्षा सुदृढीकरण, अनिबार्य, निःशुल्क र गुणस्तरीय शिक्षा सुनिश्चित तथा सुशासन प्रवद्र्धनका लागि, लैंङ्गिक समानता तथा सामाजिक समावेशिकरणसहितको सामाजिक न्यायको तत्काल सम्बोधन आग्रह समेत गरेको छ ।

स्थानीय तहले कुल बजेटको २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा लगानी गर्नुपर्ने, शिक्षा अनिवार्य र निःशुल्क बनाउँदै माध्यमिक तहसम्मको सम्पूर्ण जिम्मेवारी पालिकाले लिनुपर्ने, पालिकाको शिक्षा नीति र नियमावली समय सापेक्ष परिमार्जन गर्नुपर्ने, विद्यालयमा बाल क्लव गठनसँगै अनलाइन शिक्षाको लागि डिभाइसहरुको व्यवस्था गर्नुपर्ने, सीपमुलक, आयमुलक र प्राविधिक शिक्षामा जोड दिनुपर्ने लगायतको माग ज्ञापनपत्रमा उल्लेख छ ।

हेटौंडा उपमहानगरपालिकाकी उपमेर मीनाकुमारी लामा, राक्सीराङ्ग गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष विदुर हुमाँगाई लगायतले ज्ञापनपत्र बुझ्दै आफ्नो धारणा राखेका थिए ।

हेटौंडा उपमहानगरकी उपमेयर लामाले शिक्षा क्षेत्र सुधारका लागि सवै पक्षले समन्वय गर्नुपर्ने बताउँदै स्थानीय सरकारलाई पहलका लागि धन्यवाद व्यक्त गरिन् । राक्सीराङ्गका अध्यक्ष मल्लले विपन्न र दुर्गम क्षेत्र भएकाले राम्रा शिक्षकको अभावसँगै संघीय सरकारले शिक्षा क्षेत्र स्थानीय तहलाई हस्तान्तरण नगर्दा निक्कै समस्या रहेको बताए । मकवानपुरगढीका अध्यक्ष हुमाँगाईले शिक्षा क्षेत्र सुधार गर्न गाउँपालिकाले पहल गरिरहेको भन्दै शिक्षक संघसंगठनहरुले अधिकारसँगै कर्तव्यतिर ध्यान दिनुपर्नेमा जोड दिए ।

एनसीई नेपालका बागमती प्रदेश संयोजक प्रकाश खतिवडा, मकवानपुर संयोजक बुद्धवीर लामा, नागरिक समाज मञ्चका सदस्य साधुराम चौलागाई, डेक मकवानपुरका कार्यक्रम संयोजक मानबहादुर वाईबा लगायतको टोलीले पालिका कार्यालयहरुमै पुगेर ज्ञापनपत्र बुझाएको हो ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif