Friday, 17th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

शिक्षाको सहारा बन्याे सहारा रिसाेर्ट, १८ विद्यार्थीले पाए छात्रवृत्ति

IMG_20211224_142223-1640335105.jpg

थाहा नगरपालिका-४ दामन नयाँगाउँमा विगत एक वर्षदेखि सञ्चालनमा रहेकाे सहारा रिसाेर्ट शिक्षाको लागि जाेखिम क्षेत्रमा रहेका बालबालिकाकाे सहारा बनेकाे छ ।  सञ्चालनकाे एक वर्ष पूरा भएकाे अवसरमा ९ पुसमा सहारा रिसाेर्टले १८ जना गरीव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेकाे छ ।

थाहा-२ मा रहेकाे मत्स्य नारायण माविका ५ जना, सरस्वती आविका ५ जना र घाटदेवी आविका ८ जना गरी १८ जना विद्यार्थीलाई एक वर्षका लागि पुग्नेगरी छात्रवृत्तिस्वरुप  स्टेशनरी सामग्री उपलब्ध गराइएकाे रिसाेर्टका सञ्चालक राजाराम कार्कीले जानकारी दिए । उनीहरुलाई आवश्यकता अनुसार १० कक्षासम्म सहयाेग गर्ने उनले जानकारी दिए ।

रिसाेर्टका सञ्चालक राजाराम कार्की र हरेराम कार्कीले शिक्षकहरुकाे उपस्थितिमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेकाे कार्यक्रम संयाेजक रुपक कार्कीले जानकारी दिए  । 

रिसाेर्टले गरीव, असहायहरुका लागि प्रतिदिन रु. १०० काे दरले जम्मा गरेकाे रु. ३६५०० बाट सहयाेग कार्यक्रम गरिएकाे सञ्चालक हरेराम कार्कीले जनाए । साेही रकमबाट आगामी ७ माघमा सहारा क्वीज (हाजिरीजवाफ) प्रतियाेगिता आयाेजना गरिने उनले जानकारी दिएका छन् । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०