Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

शिक्षक संगठन थाहानगरद्वारा पाँच जना शिक्षकलाई सम्मान 

Teacher-1618152443.jpg

शिक्षक दिवस २०७७ को अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन थाहानगर कमिटीले पाँच जना शिक्षकलाई सम्मान गरेको छ । 

संगठनले सेवा निबृत भएका उदय प्रा.वि.थाहा–६ का केदारभक्त बलामी, जनकल्याण मा.वि थाहा–३ का दिवाकर कार्की, वसन्त प्रा.वि. थाहा–५ का जोत नारायण चौधरी, हिमालय प्रा.वि. थाहा–६ का इश्वर कुमार ठकुरी र कल्याण प्रा.वि. थाहा–५ का हरि प्रसाद साहलाई २९ चैतमा सम्मान गरेको हो । 

थाहा नगरपालिका वडा नम्बर १ मा रहेको सुनौला माविमा एक कार्यक्रमको आयोजना गरिएको थियो । नेपाल राष्ट्रिय शिक्षक संगठन थाहानगर कमिटीका अध्यक्ष  रुपचन्द्र गोपालीको सभाध्यक्षतामा भएको कार्यक्रममा शिक्षक संगठन  थाहानगर कमिटीका पदाधिकारीहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो । 

 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०