Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

शिक्षक र विद्यार्थीहरुको सुरक्षाको निम्ति इन्द्रसरोवरको सबै विद्यालयलाई स्वास्थ्य सामाग्री वितरण

204102746_874287486509425-1624330448.jpg

मकवानपुर । उत्तरी मकवानपुरको इन्द्ररोवर गाउँपालिकाले गाउँपालिका भित्र रहेका २२ वटै विद्यालयलाई आपतकालिन स्वास्थ्य सामाग्री वितरण गरेको छ । 
गाउँपालिकाको शिक्षा शाखाले कोरोना भाइरस (कोभिड १९) को यस विषम परिस्थितीमा विद्यालयहरुमा भर्ना अभियान सञ्चालन भैरहेकोले शिक्षक तथा विद्यार्थीहरुको सुरक्षाको निम्ति उक्त सामाग्री वितरण गरेको हो ।
शिक्षा शाखाले सबै विद्यालयहरुमा गरी कुल ३७ जार स्यानीटाइजर, ५ सय एमएलको स्प्रेयर सहितको स्यानीटाइजर १ सय ३० बोटल, सर्जिकल मास्क १ सय १० बाकस, ५ एमएलको स्यानीटाइजर स्प्रेयर १ सय ३० बोटल, फेसशिल्ड ३ सय ५० पिस, केएन ९५ मास्क ३ सय पिस, डिटोल साबुन ३० दर्जन, एन्टिसेप्टिक लिकुइड ह्यान्डवास क्लिन फिक्स ५४ जार र सोप डिस्पेनर मेसिन ३० पिस वितरण गरिएको शिक्षा शाखाका प्रमुख धर्मानन्द पन्तले जानकारी दिए ।
गाउँपालिकाले माद्यामिक र प्राथमिक विद्यालयहरुलाई फरक–फरक परिमाणमा स्वास्थ्य सामाग्री वितरण गरेको हो । वितरण गरेको सामाग्री यहि असाढ ७ गते सम्ममा सबै विद्यालयमा पु¥याइसकेको शिक्षा प्रमुख पन्तले जनाएको छ ।
 



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।