Monday, 24th August, 2026
वि.स.

व्यवसाय नवीकरण कर छुट गर्न नगरपालिकालाई बाणिज्य संघकाे सुझाव

1a8794e2d639033816f373ce7-1623747619.jpg

थाहा नगर उद्योग वाणिज्य संघले थाहा नगरपालिकालाई अार्थिक वर्ष २०७७/०७८ काे व्यवसाय नवीकरण कर छुट दिनेगरी नीति तथम कार्यक्रम ल्याउन सुझाव दिएको छ ।

नगरपालिकाले अागामी अार्थिक वर्ष २०७८/७९ काे वार्षिक नीति तथा कार्यक्रमका लागि सुझाव मागेकाेमा व्यवसायीकाे हितमा यस्ताे सुझाव दिएकाे संघका अध्यक्ष कविराज खत्रीले बताए । 'अहिले लकडाउनकाे अवस्था छ,  ब्यवसाय बन्द मात्रै हाेइन, चाैपट छ, त्यसैले याे सुझाव पनि दिएका छाैँ', उनले भने ।

उद्योग बाणिज्य संघले थाहा नगरपालिकालाई १ असारमा सुझाव पत्र पेश गरेकाे हाे । अध्यक्ष खत्री र महासचिव सुरेन्द्रमान प्रधान नगरपालिका पुगेर नगर उपप्रमुख खड्गबहादुर गाेपालीलाई सुझाव पेश गरेका थिए । 

विभिन्न छवटा क्षेत्रमा अाधारित रहेर दिइएकाे सुझावमा नगरकाे अान्तरिक कर व्यवस्थापनमा संघकाे सहभागिता  सुनिश्चित गर्नुपर्नेदेखि व्यवसाय बिमाका विषयसमेत उठाइएका छन् । हेर्नुहाेस् सुझावकाे पूर्ण विवरण :



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif