Wednesday, 26th August, 2026
वि.स.

विसिङ्खेलको गुफा पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्छ !

gufa-2-1604499596.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर १० विसिङ्खेलमा रहेको पुरानो गुफा प्रचार प्रसारको कमीका कारण ओझेलमा परेको छ । १० नम्बर वडाको तल्लो विसिङ्खेलमा रहेको उक्त गुफालाई प्रचार गर्न सके आान्तरिक तथा बाह्यि पर्यटकहरुका लागि आकर्षणको केन्द्र हुने स्थानीय नानीमैयाँ बस्नेतले बताइन् ।

धार्मिक आस्थाको रुपमा समेत परिचित उक्त गुफामा घरमा पालेको वस्तुभाउ विरामी भएमा यस गुफामा लगेर राखेपछि निको हुने जनविश्वास रहेको बस्नेतले बताइन् । उक्त गुफामा पहिले जोगी, वनझाँक्रीहरु बस्ने गरेको स्थानीयको कथन छ । विसिङ्खेलको गुफाको नामले परिचित यस ठाउँ विसिङ्खेलको मुख्य सडकबाट १५ मिनेट पैदल हिँडेर सहजै पुग्न सकिन्छ । 

यस गुफा क्षेत्रबाट विसिङ्खेल, टौंखेल, इन्द्रसरोवरलगायतको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । 

–विराजन बस्नेत/विसिङ्खेल
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif