Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

विसिङखेलका युवाले बनाए वर पिपल चौतारी

Chautari-1604316172.jpg

स्थानीय पर्यटन प्रवर्धनमा टेवा पु¥याउन थाहा नगरपालिका–१० बिसिङ्खेलका युवाहरुले चौतारी निर्माण गरेका छन् । स्थानीय खरिडाँडामा रहेको बर–पीपलको छहारीमा युवाहरुले चौतारी निर्माण गरेको बिसिङ्खेल युवा क्लबले जनाएको छ ।

१७ कात्तिक विहानैदेखि खरिबोटमा जम्मा भएका युवाहरुले चौतारी निर्माण गरेका हुन् । चौतारीका लागि आवश्यक सिमेन्ट, बालुवा, ढुङ्गा र गिट्टी बिसिङ्खेल सडक निर्माणका ठेकेदार कम्पनीले उपलब्ध गराएको थियो ।

चम्पाकेश्वर, सीतापाइला, अल्पका फार्म, जैतुन खेती, आइतबारे डाँडा, खरिडाँडा गुफा, ढुङ्गे धारा, जातीय विविधता लगायतले बिसिङ्खेल क्षेत्र थाहानगरको पर्यटकीय गन्तव्य रही आएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०