Sunday, 23rd August, 2026
वि.स.

विश्वमा धेरै कोरोना संक्रमित हुने मुलुकमा भारत दोस्रोमा

varat-1599468955.jpg

छिमेकी मुलुक भारत धेरै कोरोना संक्रमित हुने मुलुकको सूचीमा ब्रजिललाई उछिन्दै दोस्रो स्थानमा आइपुगेको छ ।

पछिल्लो २४ घण्टामा ९१ हजार ७२३ कोरोनाका नयाँ संक्रमित थपिएसँगै भारत दोस्रो स्थानमा आइपुगेको हो । भारतमा एकैदिन थपिएको संक्रमितको यो संख्या हालसम्मकै उच्च हो ।

अमेरिका, ब्राजिल, दक्षिण अफ्रिकालगायत मुलुकहरूमा भने संक्रमणदर घट्दै गएको छ । भारतमा भने संक्रमण झन् बढ्दै गएको छ ।

कूल संक्रमितको संख्यामा अब भारतभन्दा अगाडि अमेरिका मात्र रहेको छ । भारतमा कूल संक्रमितको संख्या ४२ लाख माथी पुगेको छ ।कोरानाका कारण ७१ हजार बढीले ज्यान गुमाइसकेका छन् । भारतमा सक्रिय संक्रमितको संख्या आठ लाख ८३ हजार रहेको छ ।हालसम्म ३२ लाख ४७ हजार उपचारपछि निको भएको तथ्यांक छ ।

अमेरिकामा कूल संक्रमितको संख्या ६४ लाख ६० हजार पुगेको छ ।अमेरिकामा हालसम्म कोरोनाका कारण एक लाख ९३ हजार बढीले ज्यान गुमाइसकेका छन् ।

तेस्रो स्थानमा रहेको ब्राजिलमा कूल संक्रमितको संख्या ४१ लाख ३७ हजार पुग्दा ज्यान गुमाउनेको संख्या एक लाख २६ हजार नाघेको छ ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७२ लाख ८९ हजार पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ७० लाख २८ हजार रहेको छ । एजेन्सी



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif