nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

विश्वकिर्तीमान नेपाली युवा अर्पण हेटौंडा आउने

एक मिनेटमा ४२ शब्दका क्रम स्मरण गरी विश्वकिर्तीमान रच्न सफल नेपाली युवा अर्पण शर्मा कट्टेल हेटौंडा आउने भएका छन् । गिनिज बुक अफ दि वल्ड रेकर्डमा समेत नाम लेखाउन सफल शर्मा हेटौंडा आउन लागेका हुन् । 

यही जेठ २० गते हेटौंडाको ब्रम्ही एजुकेशन एकेडेमी र काठमाडौंको इएनपी मल्टीप्रपोज प्राइभेट लिमिटेडको संयुक्त आयोजनामा हुन लागेको स्मरणशक्ति अभिवृद्धि तथा प्रशिक्षण कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्न  शर्मा हेटौडा आउने बताईएको छ । शर्माले जेठ २० गते शनिबार हेटौंडामा रहेको सोलिड्यारीटी इन्टरनेशनल बोर्डिङमा हुने सेमिनारमा सहभागीहरुलाई सहजीकरण गर्ने ब्रम्ही एजुकेशन एकेडेमीका सञ्चालक अयोध्या भट्राईले जानकारी दिए ।

सेमिनारले बिद्यार्थी, लोकसेवा तथा कुनैपनि परिक्षामा सहभागी प्रशिक्षार्थीहरुलाई लाभप्रदान गर्नुका साथै एकाग्रता शक्ति बढाउने, स्मरण शक्ति बढाउने वैज्ञानिक तरिका, गणितका जटिल शुत्र तथा वैज्ञानिक शब्दहरु, मोवाइल नम्बर, लाइसेन्स नम्बर, अप्ठ्यारा एतिहासिक घट्नाको मिती सजिलै सम्झन सक्ने सुत्रका बारेमा ज्ञान प्रदान गरीने भट्टराईले जानकारी दिए ।

सन् २०१५ को सेप्टेम्बर २६ तारिखका दिन बेलायतको राजधानी लण्डनमा एउटा घोषणा भयो । गिनिज वर्ल्ड रेकर्डस्ले प्रमाणपत्र जारी गरेर भन्यो, ‘अर्पण शर्मा संसारकै सबैभन्दा तेज स्मरण शक्ति भएका व्यक्ति भएका छन्।’ वि.सं. २०७१ साल असोज १० गतेका दिन नेपालमा आयोजना गरिएको कार्यक्रममा सम्पूर्ण अध्ययन सम्पन्न गरी ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डस्’ले अर्पणलाई विश्वकै सबैभन्दा तेजस्वी घोषणा गरेको हो।