Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला

death-body-1612084095.jpg

देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार स्याङ्जाको  गल्याङ नगरपालिका-५ सेतिबेणीस्थित कालिगण्डकी नदी किनारमा सोही ठाउँ जोगिमारा बस्ने २४ वर्षीय भरत थापा क्षेत्री मृतावस्थामा फेला परेका छन् । 

यसैगरी स्याङ्जाकै हरीनास नगरपालिका-५ बसन्तडाँडा बस्ने ६४ वर्षीया सेती कमेनी सोही पनि ठाउँस्थित खोल्सामा मृतावस्थामा फेला परेकी छन् । 
यसैगरी संखुवासभाको मादि नगरपालिका-८ दलेनीस्थित खोल्सामा सोही नगरपालिका-९ फाबिङ बस्ने ५५ वर्षीय रत्न बहादुर प्रधान मृत फेला परेका छन् भने भोजपुरको अरुण गाउँपालिका-६ स्थित अरुण नदी र आपखोलाको दोभानमा हाल नाम, थर, वतन नखुलेका पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । 

सबै घटनाका सम्बन्धमा  स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०