Wednesday, 26th August, 2026
वि.स.

विप्लवका २० कार्यकर्ता नेकपामा प्रवेश (नाम सहित)

IMG_20191110_114552-1573449371.jpg

नेत्र विक्रम चन्द“विप्लव”ले नेतृत्व गरेको नेकपा परित्याग गर्दै विप्लवका २० जना सक्रिय कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् ।

नारायणी व्युरो सदस्य चन्द्रबहादुर थिङको नेतृत्वमा इलाका सेक्रेटरी बलराम नेगी, क्रान्तिकारी युवाका केन्द्रीय सदस्य आइसमान ब्लोन सहित विभिन्न गाउँ कमिटिका २० जना पदाधिकारी नेकपामा प्रवेश गरेको नेकपा मकवानपुरका सचिव तथा प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले बताएका हुन् ।

प्रतिनिधि सभा सदस्य समेत रहेका नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विरोध खतिवडाले पार्टी प्रवेश गर्नेहरलाई टिका र खादा लगाएर स्वागत गरेका थिए । स्वागत कार्यक्रममा बोल्दै नेकपा नेता खतिवडाले नेकपा सरकारले राष्ट्रियता र सर्वहारा वर्गको हितमा काम गर्ने बताए । पार्टी प्रवेश कार्यक्रममा नेकपाका जिल्ला सह–इन्चार्ज तथा केन्द्रीय सदस्य रामेश्वर राना सहित अन्य नेताहरुको उपस्थिती रहेको थियो ।

नामावलीः



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif