nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

विनयबाबु भलिवलकाे फाइनलमा आयाेजक र आमभञ्ज्याङ भिड्ने, कस्ले जित्ला ५१ हजार !

IMG_20211104_200051-1636035412.jpg

बिनयबाबु स्मृति प्रतिष्ठान थाहा नगरपालिकाले आयोजना गरेको  बिनयबाबु स्मृति रनिङ शिल्ड जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा आयोजक बिनयबाबु स्मृति प्रतिष्ठान र आमभन्ज्याङ युवा क्लब पुगेका छन् ।

१८ कात्तिकमा  भएको सेमिफाइनल खेलमा बिनयबाबु प्रतिष्ठानले नमुना जनजागरण युवा क्लबलाई २५-१८, २५-१४ र २५-११को सोझो सेटमा पराजित गरी फाइनलमा पुगेको हो ।

तेस्तै आमभन्ज्याङ युवा क्लबले नब प्रतिभा युवा क्लब बज्रबाराहीलाई २५-१९, २५-२७, १९-२५, २१-२५ र १५-११ को सेटमा  पराजित गरी फाईनलमा प्रबेश गरेका हो ।पहिलो सेमिफाईनल खेलमा आमभन्ज्याङ युवा क्लबका खेलाडी बिशाल गोपाली र दोस्रो सेमिफाइनल खेलमा आयोजक बिनयबाबु स्मृति प्रतिष्ठानका खेलाडी उपाश बिष्ट म्यान अफ द म्याच भएका थिए।

१६ कात्तिकदेखि भएको भलिबल प्रतियोगितामा १७ टिमको सहभागिता रहेको थियो । 

फाइनल खेल १९ कात्तिक  बिहान १० बजेदेखि संचालन हुने आयोजक प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले जानकारी दिए ।

बिजेता टिमले ५१ हजार ५१ रुपैयाँ नगद, शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपबिजेता टिमले २६ हजार २६ रुपैयाँ नगद, शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।

तेस्तै समापन समारोहमा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट सटर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट कोच, उदयमान खेलाडी गरि ७ बिधामा सम्मान गरिने प्रतिष्ठानका अध्यक्ष कार्कीले बताए ।