Monday, 24th August, 2026
वि.स.

विद्युतको समस्या समाधान गर्न प्राधिकरणलाई माओवादी केन्द्रको ७ दिने अल्टिमेटम

LETTER-1624514289.jpg

थाहा नगरपालिका र आसपास क्षेत्रमा झ्याप्प झ्याप्प विद्युत जाने समस्याप्रति ध्यानाकर्षण भएको जनाउँदै नेकपा माओवादी केन्द्र थाहा नगर कमिटीले नेपाल विद्युत प्राधिकरणलाई सात दिने अल्टिमेटम दिएको छ । 

१० असारमा सो पार्टीले प्राधिकरणलाई एक पत्र बुझाउँदै सात दिनभित्र समस्या समाधान नभए चरणवद्ध आन्दोलन गर्ने चेचावनीसमेत दिएको छ । उत्तरी क्षेत्रमा विजुली समस्या समाधानको बिकल्प मानिएको मार्खु सवस्टेशन १० वर्षसम्म सञ्चालनमा आउन नसकेकोमा रोष प्रकट गर्दै माओवादी केन्द्रले मार्खु सबस्टेशन तुरुन्त चालु गर्न  आग्रह गर्दै ३३ के. भी. लाइन निर्माणको काम तत्काल शुरु गर्न आग्रह समेत गरेको छ । 

माओवादी केन्द्रले यसअघि साँसद, जनप्रतिनिधि र प्राधिकरणका प्रतिनिधिबीच मार्खुमा भएको सहमति कार्यान्वयन नहुनुमा प्राधिकरणको बेवास्ता भएको ठहर गरेको छ । 

माओवादी केन्द्र थाहाका अध्यक्ष अरुण रायमाझी, प्रदेश सचिवालय समस्य विष्णु विष्ट, जिल्ला कमिटी सदस्य जयराम रायमाझी लगायत माओवादी नेताहरुको टोलीले प्राधिकरण पालुङका प्रमुख विनोध अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । पत्र बुझ्दै प्राधिकरण प्रमुख अधिकारीले समस्याका तत्काल समाधान गर्न पहल गरिने बताएका छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif