Wednesday, 19th August, 2026
वि.स.

विद्यालय अवार्डका लागि सचेतनात्मक र्याली

International-School-Awar-1611843673.jpg

अन्तराष्ट्रिय विद्यालय अवार्डका लागि मकवानपुरमा विभिन्न कार्यक्रम भईरहेको छ । मकवानपुरबाट सामुदायिक विद्यालयतर्फबाट प्रतिनिधित्व गर्ने आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले विभिन्न क्रियाकलाप गरिरहेको हो ।

यसैक्रममा सामाजिक उत्तरदायित्व वहन गर्दै विद्यार्थीहरुले स्वस्थकर खानाको बारेमा सचेतनात्मक ¥याली आयोजना गरेको छ । विद्यालयबाट शुरु भएको ¥याली भैरवरोड–स्कूलरोडहुँदै सिमाचोक पुगेर विद्यालय पुगेर सकिएको थियो । ¥यालीमा कक्षा ७ का करिव एक सय जना छात्र, छात्राको सहभागिता रहेको शिक्षक रेश्मी बस्नेतले बताईन् ।

ब्रिटिस काउन्सीलले आयोजना गरेको अन्तराष्ट्रिय विद्यालय अवार्ड प्रतियोगिताका लागि विद्यालयका कक्षा ३ देखी १० सम्म सहभागी रहेका छन् । गत माघदेखी शुरु गरेको क्रियाकलाप कोरोना भाईरस(कोभिड १९)का कारण केही समय अवरुद्ध भएपनि अहिले पुनः शुरु गरिएको शिक्षक बस्नेतले जानकारी दिईन् ।

अवार्डका लागि कक्षा ८, ९ लगायतले पनि विभिन्न क्रियाकलाप गरिरहेको बताईएको छ । शिक्षक सुरज बुढाथोकीका अनुसार अवार्ड प्रतियोगिताका लागि भारत र पाकिस्तानका विद्यार्थीसँग पनि अन्तरक्रिया गरिएको छ । विद्यार्थीहरुले चाडपर्व झल्काउने प्रदर्शनी, ग्रिन हाउस(नर्सरी) भ्रमण, विभिन्न जातीगत खाना बनाउँने लगायतको क्रियाकलाप गरेका थिए ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif