Tuesday, 18th August, 2026
वि.स.

विद्यालयलाई नमुना बनाउन थाहानगरमा ‘धार्मिक महोत्सव’

विद्यालयलाई राष्ट्रकै नमुना विद्यालय एवं क्याम्पस संचालनका लागि मकवानपुरको थाहा नगरपालिकामा शैक्षिक तथा धार्मिमक महोत्सव हुने भएको छ । ‘मकवानपुर थाहा बज्रवाराही शैक्षिक तथा धार्मिक महोत्सव’ नाम दिईएको महोत्सव २०७३ पौष १५ देखि २२ गतेसम्म थाहानगरको बज्रवाराही उच्च माविमा आयोजना हुने भएको छ । 

महोत्सव संचालनका लागि महेश्वर सुवेदीको अध्यक्षतामा मूल आयोजक समिति गठन भएको छ । स्थानीय समुदायको सक्रियता, लगानीमा महोत्सव आयोजना गर्न लागिएको हो । विद्यालय प्राङ्गणमा हुने महोत्सवमा गोविन्द शरण महाराजजी तथा मीरादेवीबाट शालिग्राम पुजा अर्चाना, विराट धनधान्य महापर्व, राष्ट्रिय कलाकारहरुबाट संगीतमय भजन किर्तन, श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ, योग शिविर एवं शैक्षिक पुस्तक, पुजा सामाग्रीको प्रदर्शनीलगायतको कार्यक्रम रहने प्रचासप्रसार संयोजक निराजन गोपालीले जानकारी दिए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif