Monday, 17th August, 2026
वि.स.

विद्यार्थीलाई खाेप दिलाउन भीमफेदी अखिलकाे माग

IMG_20210804_213927-1628092515.jpg

अनेरास्ववियु भीमफेदीले गाउँपालिकाका विद्यार्थीहरुले कोरोना विरुद्धको खोप लगाउन माग गरेको छ ।

नेकपा एमाले भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को भीमफेदी कमिटीले गाउँपालिकाका सबै विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउन माग गरेको हाे ।

२० साउनमा गाउँपालिकाक अध्यक्ष तथा उपाध्यक्ष दुबैलाई पत्रसहित कोभिड खोपको माग गरेको हो । 

बर्तमान समयमा कोरोनाको तेस्रो भेरियन्ट नेपालमा पनि देखा परेको सन्दर्भमा विद्यार्थीहरुमा जोखिम बढ्ने भन्दै विद्यार्थीहरुको लागि खोप माग गरिएको अनेरास्ववियुका केन्द्रीय सदस्य आशिष अस्लामीले जानकारी दिए । पत्र बुझ्दै गाउँपालिका अध्यक्ष हिदम लामाले मन्त्रालयले निर्देश नगरी लगाउदा प्रतिक्रियाको जवाफदेहिता कस्ले दिने भन्ने अन्यौलता रहेको तथा खोपमा उमेर हद रहेकोले पनि विद्यार्थी लाई खोप लगाउनेबारे अन्यौलता रहेको   बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०