Monday, 24th August, 2026
वि.स.

विजुलीको पोल पोखरीमा ढल्दा करेन्ट लागेर एक जनाको मृत्यु

siraha-current-1626146844.jpg

सिरहाको धनगढीमाई नगरपालिका–६ विष्णुपुरकट्टीमा विजुलीको पोल ढल्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

तारमा करेन्ट प्रवाह भइरहको पोल ढलेर पोखरीमा खसेपछि चौपायलाई पानी खुवाउन पुगेका बौका भनिने तुलसी यादवको घटनास्थलमै मृत्यु भएको हो । करेन्ट लागेर उनको एउटा भैंसी पनि मरेको छ ।

जीर्ण पोल नहटाउँदा दुखद् घटना भएको भन्दै स्थानीयले प्रशासनको विरोध गरेका छन् ।

घटनास्थलमा पुगेका प्रहरीले कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०