Tuesday, 25th August, 2026
वि.स.

विकास घरमा थाहा नगरस्तरीय पोषण कार्ययोजना गोष्ठी 

शम्भु अधिकारी/थाहा टाइम्स

थाहा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा शिखरकोट स्थित विकास घरमा दुईदिने पोषण कार्ययोजना गोष्ठी सम्पन्न भएको छ । 

थाहा नगरपालिका अन्तगृत रहेका स्वास्थ्य संस्थाहरुको पोषण सम्बन्धी प्रगति विश्लेषण सहित भएको उक्त गोष्ठीमा पोषण विशेष कार्यक्रम संचालनमा आउका बाधा अड्चनको पहिचान गरि त्यसको निराकरण गर्ने उपायको सम्बन्धमा समेत छलफल भएको थियो । बालबालिका किशोरी तथा महिलाको गुणस्तरीय पोषण सेवाको पहुँच बिस्तार र तयारी गर्न योजना बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए ।

कार्यक्रममा थाहानगरमा रहेका  बालबालिकाको पोषण स्वास्थ्य कसरी प्रभाबकारी ढंगले अगाडि बढाउने भन्ने बिषयमा योजना बनाउन कार्यक्रमको आयोजना गरिएको स्वास्थ शाखाका सन्तोष केसीले जानकारी दिए । नेपालको संविधानमा नै प्रत्येक नागरिकलाई खाद्य सम्बन्धि हकको ब्यबस्था गरेकोमा नगरको सम्पुर्ण बालबालिका किशोर किशोरी महिलाहरूको कुपोषणको समस्यालाई निर्मुल पार्ने अभियान अन्तर्गत कार्यक्रम संचालन गरिएको शाखा प्रमुख बलामीले बताए । कार्यक्रममा थाहानगरका २२ स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif